d

ओली द्वारा नेपाल पक्षलाइ चेतावनी : 'पार्टी खोस्ने सपना नदेख्नुस'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफू लचिलो भएर माधव नेपाल पक्षसँग भेटघाट गर्दा पनि उनीहरूले पहल नगरेको बताएका छन् ।
बालुवाटारमा जारी दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति भएको देखिँदैन ।’
कम्युनिस्ट पार्टी एकताबद्ध बनाउन आफू दिनरात खटेको भन्दै ओलीले अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए । ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ।’ कान्तिपुरबाट
Views: