d

नेपालसँग सम्बन्ध सुधार्न भारतको पहल, यसै महिना विदेश सचिवको भ्रमण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नयाँदिल्ली : पछिल्लो समय चिसिएको नेपाल–भारत सम्बन्ध सुधारका लागि भारतले महत्वपूर्ण प्रयास गरेको छ । भारतीय सेना प्रमुख नेपाल भ्रमण गरी फर्किएको एक सातापछि नै विदेश सचिव हर्ष वर्धन श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।
उनी यही नोभेम्बरको अन्त्यमा काठमाडौँ आइपुग्ने बताइएको छ । विशेष गरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बुझिएको छ । नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको भन्दै हिन्दुस्तान टाइम्सले एक समाचार प्रकाशित गरेको छ । भारतीय सेना प्रमुख एमएम नारावणेले नेपाली सेनाबाट मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गरेर स्वदेश फर्किएको केही दिनमै भारत सरकारले विदेश सचिव हर्ष वर्धनलाई नेपाल पठाउन लागेको हो ।
नारावणेले नेपालस्थित प्रधानमन्त्री केपी ओलीसँग समेत भेट गरेका थिए । त्यस क्रममा दुई देशबीच संवादबाट समस्या समाधान गर्ने कुरा भएको बताइएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रलाई समेट्दै नेपाल सरकारले आफ्नो देशको नक्सा जारी गरेसँगै भारतका विभिन्न उच्च ओहदाका अधिकारीहरुले नेपालबारे टिप्पणी गरेका थिए ।अन्नपूर्ण पोस्टमा खबर छ। 
भारतीय सेनाप्रमुख नारावणेसहित भाजपाका उच्चस्तरीय नेताले नै नेपालबारे टिप्पणी गरेका थिए । तिक्तताका बावजुद नेपाल–भारत सम्बन्ध सुधार्ने पहल भएको विज्ञहरु बताउँछन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला नोभेम्बर २६ देखि २७ का लागि नेपाल आउनेछन् । नेपाल भ्रमणको अवसरमा श्रींग्लाले नेपालस्थित प्रधानमन्त्री केपी ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भेट गर्नेछन् ।
श्रींग्लाको यस भ्रमणमा संयुक्त प्राविधिक स्तरीय सीमा समितिको बैठकको मिति समेत तय गरिने बताइएको छ । भारतीय कुटनीतिज्ञहरुको हवाला दिँदै हिन्दुस्तान टाइम्समा जनाइएको छ कि, उक्त भ्रमणमा एक भन्दा धेरै एजेन्डामा छलफल हुनेछ ।
अन्नपुर्ण पोस्टमा खबर छ। 
Views: