d

भारतबाट हतियारसहित नेपाल प्रवेश गरेको गिरोह पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
वीरगन्ज : प्रहरीले अवैध हतियार र लागू औषधको कारोबार गर्ने गिरोहलाई वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक प्रहरी जवानसहित ८ जना रहेका छन्।
रौतहटको सखुवा नगरपालिका १ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश यादव, मकवानपुरको मनहरी गाउँपालिका ५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगन्ज महानगरपालिका १२ मुर्लीका ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का २४ वर्षीय नन्दन सिंह र रोशन सिंह पक्राउ परेका हुन्।
उनीहरुको साथबाट स्वचालित पेस्तोल २ थान, म्याग्जिन २ थान, लागूऔषध डाइजिपाम, नुर्फिन र फेनार्गन गरेर ३ सय एम्पुल र निट्राभेट ट्याब्लेट १ हजार २ सय पिस बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। अन्नपुर्ण पोस्टमा कान्ति साहले समाचार लेखेका छन्।  
 
Views: