d

भिम रावलको प्रश्न: 'ओली गुट सरकारी निर्णय र कानुनभन्दा माथि हो ?'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री ओली र उनका गुटका मानिसलाई सरकारी निर्णय लाग्दैन कि भन्दै प्रश्न गरेका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटमा रावलले कोरोनाबाट जोगिन अरुलाई भेला बैठक, समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री ओली र उनका निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने भन्दै प्रश्न गरेका हुन्।
‘कोरोनाबाट जोगिन अरुलाई भेला बैठक, समारोह नगर्न भन्ने तर प्रधानमन्त्री ओली र उहाँका निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने  यो के हो? प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानुनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो? कानुनका सामु सबै बराबर होइन र ?
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। आइतबार कोरोनाबाट २८ जनाको मृत्यु भएको  छ भने ३१ सय भन्दा धेरैमा संक्रमण देखिएको छ । सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन आदेश दिएको छ। तर प्रधानमन्त्री भने उद्घाटन र विभिन्न बैठकमा व्यस्त छन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा पनि १६ वैशाखदेखि निषेधाज्ञा जारी गरेको छ।
Views: