d

कोरोना भाइरसविरुद्धको खोप लगाउन महिलाहरु बढी उत्साहित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१३ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामाे लाइन लागेको छ ।
चिनियाँ खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा लाइन लागेका थिए । छाता ओढेर लाइन बसेकामा धेरैजसो महिला थिए । उनीहरुले मास्क त लगाएका थिए तर लामो लाइन र छिटो खोप लगाउने हतारले कोचाकोच गरेर लाइन बसेका थिए ।
नेपालमा चैत २५ गतेदेखि चिनिया खोप लगाउन सुरु गरिएको थियो । कोरोना महामारी फैलिएसँगै मानिसहरुमा खोप लगाउने चाहना बढेको छ ।
Views: