d

कूटनीतिक सक्रियता बढाएर खोप ल्याउन सरकारलाइ देउवाको आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको खोपको परिपूर्तिका लागि कूटनीतिक सक्रियता बढाउन सरकारसँग आग्रह गरेका छन्। उनले नेपालमा ठूलो संख्यामा खोपको आवश्यकता भएपनि सरकार समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको आरोप लगाएका छन्।
सोमबार जारी गरेको विज्ञप्ति जारी गर्दै उनले संकमितहरुको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको उल्लेख गरेका छन्। देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड-१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न म सरकारसँग माग गर्दछु। साथै संकमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउने तर्फ सरकार गम्भीर हुन माग गर्दछु।’
उनले चाडोभन्दा चाडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कुटनैतिक सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन्। विकसित राष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ-आफ्नो देशहरुको आवश्यकताभन्दा पनि बढी संख्यामा अग्रिम बुकिङ सुरक्षित गरेको बताउँदै देउवाले अग्रीम बुकिङ गर्न नसकेका नेपालजस्ता देशहरुलाई वुकिङ भएको संख्यामध्येबाट खोप सुविधा उपलब्ध गराउनसमेत आग्रह गरेका छन्।
उनले कोभिड-१९ वाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न अनुरोध गरेका छन्। अन्नपुर्ण पोस्ट मा खबर छ। 
Views: