d

सरकारी निर्णय बेवास्ता गर्ने विद्यालयका सञ्चालक तथा प्रिन्सिपल प्रहरी नियन्त्रणमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
राजविराज : सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको आरोपमा सप्तरी प्रशासनले राजविराजका ११ वटा विद्यालयका सञ्चालक तथा प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा शिब्स बोर्डिङ्ग स्कुलका सञ्चालक बिष्णुपुर गाउँपालिका–६ निवासी नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलका सञ्चालक डा. कामानन्द देव, एञ्जल बोर्डिङ्ग स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, पिस जोन स्कुलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–१ स्थित सृजना सेकेन्ड्री बोर्डिङ्ग स्कुलका सञ्चालक रिमा झा जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार ग्रिन ईङ्ंगलिस बोर्डिङ्ग स्कुलका शिक्षक राजविराज–१ का मनोज यादव, राजविराज–३ स्थित ह्यापील्याण्ड माबिका अनुशासन प्रमुख राजबिराज–५ का शैलेन्द्रकुमार ठाकुर, जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरीकिसुन राम तथा राजबिराज– ८ स्थित लक्ष्मी ईङ्गलिस बोर्डिङ्ग स्कुलका सञ्चालकहरु राजेशकुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह समेत नियन्त्रणमा परेका छन् । अन्नपुर्ण पोस्टमा खबर छ। 
Views: