d

समाजसेवा गर्न राजनीतिमा आएको छु- ओझा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राप्रपा झापामा सम्पन्न अधिवेशन बाट सर्वसम्मत रूपमा निर्वाचित हुनुभएका केशव प्रसाद ओझाले आफू समाजसेवा गर्नको लागि राजनीतिमा आएको बताउनु भएको छ । जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन सफल हुनुभएका ओझाले आफुलाई झापा जिल्लाको  जिम्मेवारी प्रदान गर्न भुमिका निर्वाह गर्नेहरू प्रती फेसबुक मार्फत धन्यवाद प्रदान गर्दै शिक्षण पेशालाई समेत औपचारिक रूपमा बिदाइ गरिसकेको जानकारी गराउनु भएको छ ।
वहाँको फेसबुक स्टाटसमा भनिएको छ, "लामो शिक्षण पेसालाई औपचारिक रूपमा बिदाइ गर्दै अब फराकिलो विचार र सिद्धान्त सहितको पार्टी राप्रपा झापाको अध्यक्षको राजनीतिक जिम्मेवारी समाजसेवा गर्ने निर्णय गरि नयाँ जिम्मेवारी ग्रहण गरेको छु । अघिल्लो शैक्षिक प्रशासनिक र अर्को जिम्मेवारीमा सहयोग गरि सफल बनाउन भुमिका निर्वाह गर्ने सबै प्रती आभार र कृतज्ञता ज्ञापन गर्दै आज बाट ग्रहण गरेको जिम्मेवारी सफल बनाउन सबैको साथ सहयोग र शुभेच्छाको आशा गर्दछु । यो जिम्मेवारी पुर्याउने सबै प्रती आभारी छु ।'
झापाली राजनीतिमा लामो समयदेखि सकृय रहदै आउनुभएका ओझाले राप्रपा  झापा जिल्लाको सचिबको भुमिका निर्वाह गरिसक्नु भएको छ भने गत आम निर्वाचनमा राप्रपाले नमिठो हार व्यहोर्नुपर्दा पनि झापा निर्वाचन क्षेत्र नं. ३ बाट राजेन्द्र लिङ्देनलाई विजयी गराउन वहाँले पार्टीमा खेल्नु भएको भुमिकालाई समेत कार्यकर्ता पंक्तिमा उच्च मुल्यांकन गर्ने गरेको बताइन्छ । दुई पार्टी एकीकरण सहित वहाँलाई प्राप्त भएको जिल्ला अध्यक्षको सर्वसम्मत जिम्मेवारीले राप्रपाका झापाली  कार्यकर्तामा  नयाँ उत्साह थपिएको विश्वास गरिएको छ ।
    
 
Views: