d

कोरोना त्रास सगै सबै परीक्षा स्थगित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — कोरोना महामारीका कारण मंगलबारदेखि विद्यालय र विश्वविद्यालयका परीक्षा रोकिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार शिक्षण संस्थाहरूका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालले सोमबार परीक्षा लिए पनि मंगलबारदेखि हुने परीक्षा रोकिएका छन् ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिविमा स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालित थिए ।
सीसीएमसीले देशभर भौतिक उपस्थितिमा हुने पठनपाठन र परीक्षामा रोक लगाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । विद्यालय तहका परीक्षा पनि रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्थानीय तहहरूले सूचना जारी गरेर पठनपाठन र परीक्षा स्थगित गरेका छन् । सचिव बरालले भौतिक उपस्थितिमा हुने कक्षा स्थगित गरे पनि वैकल्पिक माध्यमबाट कक्षा पठनपाठन जारी राख्नुपर्ने बताए । शिक्षा मन्त्रालयले वैकल्पिक माध्यमबाट पठनपाठनका लागि फेरि टेलिभिजनमा कक्षा सञ्चालन गर्ने अनलाइन कक्षाका लागि आफ्नै डेटा सेन्टर स्थापना गर्ने गृहकार्य थालेको छ । कान्तिपुरमा खबर छ।
Views: