d

बाख्रा काण्डमा पर्दाफास फलोअप: किसानका बाख्रा फिर्ता किन गरिएन ? संलग्न को को छन् ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सान नेपाल 
गौरादह: गतवर्ष वार्ड नं. ७ मा बाख्रा काण्डले उग्र रुप लियो । उन्नत जातको बोयर बाख्रा भन्दै सामान्य जातका रोगी पाठा वितरण गरिएको र किसानले घरमा पुर्याउने बित्तिकै पाठाहरु मर्न थालेपछि उक्त घटनाले निकै गम्भीर मोड लिएको थियो । नक्कली बाख्रा खरिद गरेर गम्भीर विवादमा मुछिएको वडा कार्यालयले हतार हतार बाख्रा भेला पारेर फिर्ता गरेको नाटक गर्यो । यथार्थमा बाख्रा फिर्ता भएको नभएर किसानमाथी ठगी भएको कुरा किसानले तब बुझे जब डेड वर्ष बित्नलाग्दा सम्म पनि उनीहरुले बाख्रा पाएनन् । 
वडा अध्यक्ष खरेलले बाख्रा वितरणमा स्थानीय संस्थालाई जिम्मेवारी दिइएको र उनीहरुले नै जान्नुपर्छ भन्दै आएका थिए ।  
बाख्रा  खरिद र फिर्ताको नेतृत्व गर्नेहरु यसोदा दाहाल टीका  घिमिरे,अम्बिका बिमलि तथा  लिला पाठक रहेका र बाख्रा फिर्ता गर्न समेत उनीहरुलाई नै पठाइएको वडा अध्यक्ष खरेलले पटक पटक बताउदै आएका थिए । ठगी गरेको पर्दाफास भएपछि किसानको घरमा पुगेर बाख्रा फिर्ता गराउने समेत उनीहरुनै भएको बताइन्छ । ३/४ हजार भन्दा बढी मुल्य नपर्ने बाख्रालाई १८ हजारमा ल्याइएको, उक्त रहस्य पर्दाफास भएपछि फिर्ता भएका बाख्रा अहिलेसम्म किसानले पाएका छैनन् । बाख्राको नाममा चरम अनियमितता भएको प्रमाणित भइसकेकोले दोषी माथी कडा कार्वाही गर्नुपर्ने माग उठ्न थालेको छ । 
बाख्रा फिर्ता गराउने विषयमा बलियो भुमिका निर्वाह गरेकी नगर उप प्रमुख गिता भेट्वाल  फिर्ता गरिएका  बाख्रा किसानलाई नदिनुलाई शंकास्पद नजरले हेर्छिन् । 
पर्दाफास संग छोटो कुरा गर्दै भेट्वालले भनिन्,'यो जिम्मेवारी खरिदको नेतृत्व गर्नेले लिनुपर्छ, उन्नत जातका बाख्रा ल्याएर किसान लाई दिने कार्यपालिकाको निर्देशनको पालना गरेको देखिएन,  वडा अध्यक्ष र संलग्न संस्थाले जवाफ दिनुपर्छ ।'
वडा अध्यक्ष खरेल नेकपा एमाले बाट विजयी भएका  वडा अध्यक्ष हुन्  । खरेल बिर्तामोडको जग्गा किर्ते गरि बेचेको काण्डमा हाल फरार सुचीमा छन् । उनिमाथी  बाख्रा काण्ड, जस्ता पाता काण्ड (टिन काण्ड) , विद्युत ट्रान्सर्फमर काण्ड तथा हालसालै सर्वाधिक चर्चा पाएको जग्गा किर्ते काण्ड  लगायतका विविध काण्ड बाट बारम्बार चर्चामा आउने गरेका वार्ड अध्यक्ष हुन् । 

यो पनि पढ्नुहोस् 
किर्ते जग्गा काण्डमा परेका वडा अध्यक्ष खरेललाई  बाख्रा काण्डमा अर्को आरोप 
जग्गा किर्ते काण्डमा मुछिएका गौरादह ७ का वडा अध्यक्ष बलराम खरेलले  किसान संग  बाख्रा समेत उठाएर लगेको र डेढ वर्ष बितिसक्दा पनि फिर्ता नगरेको पाइएको छ । उन्नत जातको भन्दै प्रतिगोटा १८ हजार मूल्य तोकेर लोकल जातको करिब १ सय ५० वटा रोगी पाठा वितरण गरेको रहस्य खुलेपछि उनी आफैं किसानका घरघरमा पुगेर सबै बाख्रा बटुलेका थिए ।  ४ हजार पनि मुल्य नपर्ने बाख्रा १८ हजारमा खरिद गरेर ठगी गरेको थाहा पाएको नगर कार्यपालिकाले तत्काल उन्नत बाख्रा उपलब्ध गराउन निर्देशन दिए पनि वडा अध्यक्ष खरेल कानमा तेल हालेर बसेका र अहिले किर्ते जग्गा किनबेच  प्रकरण फरार रहेका छन् ।
वडा कार्यालयले किसानहरुलाई जबर्जस्ती रूपमा लोकल जातको  बाख्रालाई उन्नत जातको भन्दै वितरण गरेपछि किसानहरु आन्दोलित नै बनेका थिए भने वितरण गर्ने बित्तिकै बाख्रा र सुगुरका पाठा मर्न थालेको विषय भाइरल भएको थियो । 
 लोकल जातको बाख्राको पाठा १८ हजार मुल्य लिएर वितरण गरेको रहस्य थाहा पाएकी उपमेयर गिता भेट्वालले पशु स्वास्थ्य शाखाको प्राबिधिक टोलीलाई बिबादास्पद क्षेत्रमा परिक्षण गर्न खटाएकी थिइन् भने बिज्ञ टोलीले सबै बाख्रा कमजोर प्रजातीका भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।  लोकल बाख्रा बितरण गरेको बिषयमा आक्रोशित बनेकी भेट्वालले उक्त बिषय गम्भीर प्रकृतिको भएको र प्राबिधिक परिक्षणमा  ४ हजार मुल्य पर्ने पाठालाई १८ हजारको हिसाब देखाएको प्रमाणित भएपछि नगर कार्यपालिकाले सबै बाख्रा फिर्ता गर्न वडा कार्यालयलाई  निर्देशन दिइएको र
निर्देशन पालना गर्न भन्दै वडा अध्यक्षले तत्कालै गाउँ गाउँमा पुगेर बाख्रा संकलन गरेका तर ती बाख्रा कहाँ लगियो कसैलाई थाहा नरहेको बताइएको छ । 
उक्त घटना पश्चात लज्जित बनेका वडा अध्यक्ष बलराम खरेलले उन्नत जातको बाख्रा उपलब्ध गराउने भन्दै किसानहरूलाई ढाट्दै आएको तर आज सम्म वडा भित्र एउटा पनि बाख्राले प्रवेश नपाएको गुनासो बढेको छ ।
जग्गा किर्ते गरि बेचेको आरोपमा कालोसूचीमा परि वारेन्ट जारी गरिएका वडा अध्यक्ष खरेल भने मोबाइल समेत स्विचअफ गरि सम्पर्क बिहिन छन् । 
वडा अध्यक्ष खरेलको अनुपस्थितिमा वडाको जिम्मेवारी कसलाई दिइएको छ भन्ने विषयमा समेत नगरपालिका मौन रहेकोे छ भने वडामा बाख्रा बितरण कार्यक्रम छ कि छैन भन्ने विषयमा सरोकारवाला निकाय लाई कुनै जानकारी नै छैन । 
बाख्रा वितरणमा किन ढिलासुस्ती भन्ने जिज्ञासाको जवाफ दिदै उपमेयर भेट्वाल भन्छिन्,'बाख्रा वितरणको जिम्मेवारी वडा कार्यालयको हो,  तत्काल साटेर दिने भन्दै फिर्ता गरिएका बाख्रा आज सम्म किसानलाई नदिइनु अन्यायपूर्ण छ ।' प्राकृतिक बिपत्तिमा परि पशुपन्छी, पशु चौपाया तथा कृषि फसल क्षति हुँदा  गम्भीर समस्यामा परेका किसानको घर घरमा पुग्न व्यस्त रहेको बताउने उपमेयर गिता भेट्वाल भन्छिन्, 'तत्कालै बितरण गर्ने प्रयास गर्ने निर्देशन दिनेछु । '
बाख्रा बितरण गर्दा वडा कार्यालयले मनोमानी गर्ने गरेको र पशु शाखा संग समेत कुनै समन्वय नगरी जथाभावी बाख्रा बितरण गर्ने गरिएको पाइएको छ । 
पशु शाखाका प्रमुख सन्तोष भण्डारी भन्छन्, 'हामी संग वहाँहरु समन्वय नै गर्नुहुन्न, मनोमानी रूपमा घटिया जातका बाख्रा ल्याएर किसानलाई दिनुहुन्छ, जब बिरामी हुन्छ अनि मात्र किसानलाई पशु शाखामा पठाइन्छ ।'
 गुणस्तरहिन पशु चौपाया ल्याएर किसानको घरमा बाधिदिएकै भरमा नस्ल सुधार गर्छु भन्नू  मुर्खता शिवाय केही  नरहेको उनी टिप्पणी गर्छन् ।
'हामी प्राबिधिक हौं, तर बयर जातको बाख्रा कसरी चिन्ने भनेर सम्म हामीलाई सोधिदैन यहाँ भन्दा दु:खद के हुन सक्छ?', भण्डारीको प्रतिप्रश्न गर्छन्  । 
बाख्रा बितरण गर्ने होडबाजी र जथाभावी रूपमा खुलेका फार्म बाट ल्याइएका बाख्रा बितरण गर्नाले उन्नत जातको बाख्रा पालेर जिविकोपार्जन गर्ने किसानमा समेत निरासा बढ्दै गएकोले समयमै सचेतना अपनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

 

Views: