d

दाताहरु बाट उठाएको चामल गोदाम मै कुहियो, नगरपालिकालाइ मतलब नै छैन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सान नेपाल
झापा: तस्बिरमा देखिएको खाद्य सामाग्री गौरादह नगरपालिका वडा नं. १ को कभर्ड हलमा राखिएको नगरपालिकाको खाद्य गोदामको  हो । गतवर्ष देखि राखिएको चामल दाल लगायतको खाद्यान्न सामाग्री गोदाम भित्र सडेको अवस्थामा राखिएको पाइएको छ  । गत साल आएको कोरोना महामारीको भयावह अवस्थामा विभिन्न दातृ संस्था र व्यक्ति विषेश बाट संकलन गरिएको दाल चामल लगायतका जिन्सी सामानहरु कुहिएको अबस्थामा पुग्दा समेत नगर प्रशासनलाई खासै चासो र चिन्ता भने देखिएको छैन  ।
जिर्ण भवन नजिकै फोहोर डम्पिङ्ग केन्द्र / भत्किएको भवनमा गोदाम
 गोदामको नजिकै नगरपालिकाको फोहोर डम्पिङ गर्ने स्थान रहेको छ । फोहोर मैला र दुर्गन्ध भएको, पानी आहाल भएर जम्ने, मक्काएको कर्कटपाता,  बलियो ढोका सम्म नभएको जिर्ण घरलाई  नै उनीहरुले खाद्य सामाग्री राख्ने गोदाम किन बनाए ? जवाफ कसै संग भएको पाइदैन ।
 जिर्ण  गोदाम पन्चायत कालमा २०३२ साल तिर बनेको स्थानीयको अनुमान छ ।
'अलिअलि कुहिएको होला त्यस्तो त घरमा पनि त हुन्छ नी ?' यो भनाइ हो नगर प्रमुख रोहित कुमार साह को । उदासीनता किन मेयर साव भन्ने पर्दाफास प्रतिनिधिको जिज्ञासामा साह भन्छन्, 'राहतको लागि डेढ  सय जति निवेदन परेका छन्, तत्काल वितरण गरेर सिध्याउछौं ।'
 कुहिएको र किरा परेको चामल कसरी वितरण गर्नुहुन्छ भन्ने दोहोरो जिज्ञासा राख्दा साहले असान्दर्भिक अभिव्यक्ति दिदै भने, 'कुहिएको फ्याँक्नु पर्छ, राम्रो वितरण गरिन्छ नी ?' खाद्यान्न राख्ने गोदामको मापदण्ड कस्तो हुनुपर्छ भन्ने समेत जनप्रतिनिधिलाइ जानकारी छैन। ओसिलो स्थानमा चामल दाल आदि राख्दा २ महिनामा सड्ने र किरा पर्ने  विज्ञहरु बताउछन।  
मलाई खासै जानकारी नै छैन - उपमेयर
पत्रकारले सोधेको कुनै पनि सवालको जवाफ होर मलाई ....थाहा छैन त ...बाट शुरु गर्ने उपमेयर भेट्वालले तत्कालै भनिन्, थाहा छैन त... ।'  जानकारी नै नभए पनि गत असोजमा एक पटक हेर्न भ्याएको सम्म उनले बताइन् । कुहिएको चामल फ्याँकिन्छ भन्ने सुनिन्छ नी ? कति फ्याँक्नु भयो भन्ने जिज्ञासामा भेट्वाल भन्छिन् , 'मलाई ठ्याक्कै थाहा भएन तर पनि कुहिएको चामल आफुले देखेको थिएँ ।'
उनले अगाडी भनिन् , 'गरिव दुखिलाई बढेर सकिदिनु पर्छ होला ?'
पत्रकारलाई गोदाम अवलोकन गर्न रोक
उनै मेयर साह हुन् जसले २०७७ जेष्ठमा गोदामको चामल निरीक्षण र रिपोर्टिंग  गर्न पत्रकारलाई रोक लगाएका थिए ।
गोदाममा राखिएको सामाग्री बारेमा चिन्ता प्रकट गर्दै मिडियामा स्थानीयले सूचना गरेपछि अवलोकन गर्न आएको सञ्चारकर्मीको टोलीलाई विभिन्न बहाना बनाएर मेयर रोहित साहले रोक लगाएका थिए । गोदाम निरिक्षण गर्न बारम्बार आग्रह गर्दा समेत आफू संग चावी नभएको, प्रमुख प्रशासकिय अधिकृतलाई सोध्नुपर्ने जस्ता अभिव्यक्ति दिएका साहको बारेमा एक स्थानीयले टिप्पणी गर्दै भने, 'मेयर साहले  गोदाममा पाइला राख्नु भनेको पश्चिम बाट घाम उदाउनु जस्तै हो । '
कोरोना कहरको बेला थोपा थोपा गरेर संकलन गरेको खाद्यान्न सामाग्री कति मात्रामा स्टक छ भन्ने तथ्यांक समेत नरहनु र गोदाम घर बनाउने बारेमा बजेट विनियोजन नगर्नु , अनुगमन गर्ने निकायले झारो टार्ने गरिको अनुगमनको नाटक मात्र गरेर भत्ता पचाउन खोज्नु ले नगरपालिकाको दैनिक प्रशासनिक गतिविधि कति उदासिन छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। दिगो  बिकासका कार्यक्रमहरु पस्कन नसक्नु र चुस्त प्रशासन बनाउन नसक्नुले मनोमानी र ढिलासुस्ती बढेको छ भन्दै स्थानीयले गम्भीर चिन्ता र चासो व्यक्त गर्न थालेका छन्।
 
Views: