d

कोरोना खोप लगाएका स्वास्थ्यकर्मीमा देखियो कोरोना

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बागलुङ : कोरोना भाइरस (कोभिड १९) विरुद्ध खोप लगाएका बागलुङ जिल्लाका दुई स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।
बागलुङका १५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएकोमा पहिलो चरणमा कोरोना खोप लगाएका धौलागिरी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
दुई महिला स्वास्थ्यकर्मीले सुरुवाती चरणकै दुवै डोज कोरोना खोप लगाए पनि केही लक्षणका आधारमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनले बताए । खोप लगाएकालाई समेत कोरोना देखिएप्छि थप सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।
‘खोप लगाएपछि संक्रमण जोखिम कम हुने हो, यसले कोरोनाविरुद्ध लड्न ७० देखि ९० प्रतिशत रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हो, खोप लगाएँ भनेर लापरवाही गरेर ढुक्क हुने अवस्था हुँदैन,’ स्वास्थ्य कार्यालका प्रमुख सुरज गुरौंले भने ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी छ, नत्र अवस्था भयावह हुन सक्नेछ ।’
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ । बागलुङलाई नेपाल सरकारले तीव्र गतिमा कोरोना संक्रमण फैलिएको भन्दै अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा निषेधाज्ञा जारी गरिएको छ भने अधिकांश स्थानीय तहले शैक्षिक संस्था बन्द गरेका छन् ।  अन्नपुर्ण पोस्ट बाट
Views: