d

मकवानपुरमा थपिए ६० जना कोरोना संक्रमित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
मकवानपुर : मकवानपुरमा थप ६० जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्घन शाखा हेटौंडाका अनुसार १३९ जनाको परीक्षण गरिएकोमा बुधबार ६० जनामा संक्रमण पुष्टि भएको हो।
मकवानपुरको हेटौंडास्थित हेटौंडा अस्पताल र वनसखन्डी शहरी स्वास्थ्य केन्द्रमा रहेको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ। बुधबार थपिएका संक्रमितमध्ये पुरुष ३९ र महिला २१ जना रहेको हेटौँडा उपमहानगरापालिकाका जनस्वास्थ्य
निरीक्षक, कोभिड १९ फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए।
संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका ५६, भीमफेदी गाउँपालिका–८ र ९ का एक–एक, मकवानपुरगढी गाउँपालिकाका एक, बाराको अमलेखगञ्जका एक र ठेगाना नखुलेका एकजना रहेका छन्।
कोरोनाको दोस्रो लहर आएपछि मकवानपुरमा २६५ जना सक्रिय संक्रमित रहेको कोभिड फोकल पर्सन चौलागाईंले बताए। संक्रमितमध्ये ११ जना अस्पताल र २५४ जना होम आइसोलेशनमा छन्। अहिले सातजना हेटौंडा अस्पताल, दुईजना गौरीटार आइसोलेशन र दुई जनाको काठमाडौंमा उपचार भइरहेको जनाइएको छ।  
 
Views: