d

अमेरिकामा मास्क नलगाइ हिड्न पाइने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
एजेन्सी । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले पूर्ण खोप लगाइसकेका नागरिकलाई खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने बताएको छ ।
सानो समूहमा भेला भएर पार्टी गर्न पनि सकिने र यसका लागि नयाँ मापदण्ड नै बनाएर खुला गरिएको छ ।
खोपको आवश्यक मात्रा लगाइसकेकाले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिको सानो समूहमा बस्दा मास्क लगाउन नपर्ने नयाँ मापदण्डमा उल्लेख छ ।
तर, कोठाभित्र र भीडभाडयुक्त स्थलमा अझै पनि मास्क अनिवार्य गरिएको छ । अमेरिकामा हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । सीडीसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले पनि खुसी व्यक्त गरे।  नेपाल टपमा खबर छ
Views: