d

सांसद शाही बारे सत्य तथ्य सार्वजनिक गर्नेछौं : चित्रबहादुर केसी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१५ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताएका छन् ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन भएका थिए ।
जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै निवेदन दिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो यसपछि भने शाही कोरोना अस्पतालको आईसीयूमा रहेको सूचना सार्वजनिक भएको थियो ।
सांसद शाहीको स्वास्थ्य समस्या जनतासामू सार्वजनिक गर्ने पनि केसीले बताए । ‘कोरोनाकै कारणले आईसीयू जान सकिने कुरा पनि भयो । अरु बाहनाबाजी हो भने त्यो त थाहा हुन्छ नि भोलि’ केसीले भने, ‘बिमार के हो भन्ने त पार्टीले राम्रोसँग बुझ्छौ नि । जे भएको हो नेपाली जनताको सामू सार्वजनिक गर्छौ‌ं ।’
गण्डकी प्रदेशमा जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा उभिने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले ल्याएको अविश्वासको प्रस्तावकै पक्षमा जनमोर्चा उभिँदा मुख्यमन्त्री अल्पमतमा पर्न सक्छन् ।
Views: