d

वीरगन्ज: एकैदिन १६९ जना कोरोना संक्रमित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
वीरगन्ज : वीरगन्जमा थप १ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालका प्रयोगशालामा बुधबार राति २ सय ४० जनाको परिक्षण गर्दा तीमध्ये १ सय ६९ जनामा संक्रमण भेटिएको हो।
परीक्षण गरिएकामध्ये ७० प्रतिशतभन्दा बढिमा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए। कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगन्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो।
बुधबार राति संक्रमण पुष्टि भएका १ सय ६९ जनामध्ये पर्सा जिल्लाका मात्र १४० जना रहेका छन्। उनीहरुमध्ये वीरगन्ज महानगरपालिकाका मात्रै १२० जना संक्रमित रहेको डाक्टर दासले जानकारी दिए।
यस्तै बाराका २४ जना, रौतहटका ३ जना, तथा सर्लाही र दैलेखका १/१ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए। यसअघि मङगलबार राति पनि नारायणी अस्पतालको प्रयोगशालामा २ सय १० जनाको स्वाब नमुना परीक्षण गर्दा ६० प्रतिशतमा अर्थात १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
वीरगन्जमा चैत २७ गतेदेखि यता १ हजार २ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्। चैत २७ देखि सोमबार बैशाख १५ सम्मको अवधीमा २ हजार ३ सय ४८ जनाको परीक्षण गर्दा आधा भन्दा बढि अर्थात १ हजार २ सय ९१ जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए।
कोरोना संक्रमणको दोश्रो लहर शुरु भए यता वीरगन्जका अस्पतालमा कोरोनाका कारण २३ जनाको मृत्यु भइसकेको छ। वीरगन्जमा संक्रमण र मृत्यु दर दुवै बढ्दै गएपछि कोरोना संक्रमणको बिहीबारदेखि बैशाख २२ गतेसम्म एक साताका लागि पर्सा जिल्लाभर निषेधाज्ञा लगाइएको छ। अन्नपुर्ण पोस्टमा क्रान्ति शाहले समाचार लेख्नुभएको छ। 
Views: