d

कोरोना त्रास : होम आइसोलेसनमा बसेका पुरुषले गरे आत्महत्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery
गोरखा : यहाँका एक कोरोना संक्रमित पुरुषले होम आइसोलेसनमै आत्महत्या गरेका छन् । गोरखा नगरपालिका १४ याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले गएराति आफ्नै घरको कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
उनलाई गत वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । गत चैत २६ गते भारतको फरियावादबाट घर फर्केका उनले गत वैशाख ७ गते पीसीआर परीक्षण गरेका थिए ।
एकसातादेखि होम आइसोलेसनमा बसेका उनले गएराति आठबजेतिर झुण्डिएर आत्महत्या गरेको डीएसपी दाहालले बताए । उनको पीसीआर जाँच गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गरिएको थियो । जसमा बावु, आमा, भाइ, श्रीमती र करिब डेढ वर्षका छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ र आफ्नो मात्रै पोजिटिभ आएपछि उनी मानसिक तनाबमा परेको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
कोरोना पुष्टि भएका कारण उनको शव पोष्टमार्टम नगरी नेपाली सेनाले व्यवस्थापन गरेको डीएसपी दाहाले बताए ।
९२ वर्षीय वृद्धले गरे आत्महत्या
गोरखाका ९२ वर्षीय वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् । शहीदलखन गाउँपालिका ७ डाँडागाउँका क्षेत्रनारायण श्रेष्ठले नाम्लोको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बुधबार बिहानै झुण्डिएको अवस्थामा शव भेटिएको डीएसपी प्रकाश दाहालले जानकारी दिए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । अन्नपुर्ण पोस्ट मा कह्बर छ। 
Views: