d

कञ्चनपुरमा बिहीबारदेखि निषेधाज्ञा जारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कञ्चनपुर — कोरोना संक्रमण बढ्दै गएपछि कञ्चनपुरमा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बिहिबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा सुविधाहरु बन्द रहनेछन् । सभा, सम्मेलेन, गोष्ठी, सेमिनार, पार्टी प्यालेस र सामूहिक रुपमा खेलिने खेलकुदहरु सबै बन्द रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकको सबै सर्वजनिक सेवाहरु बन्द रहनेछन् । विवाह व्रतबन्धलगायतका गतिविधिहरु प्रशासनको अनुमतिमा १५ जनाभन्दा बढीको उपस्थिति नहुने गरे गर्न सकिने प्रशासनले जनाएको छ । महत्वपूर्ण विकास आयोजनाको काम भने स्वास्थ्य मापदण्ड अपनाए प्रशासनको स्वीकृतिमा गर्न पाइने जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कञ्चनपुरमा केही दिनयता कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । दैनिक सय जनाको हाराहारीमो संक्रमित थपिँदै गएका छन् । कोरोना संक्रमणका कराण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । कोरोना संक्रमणको चेन तोड्न बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको समयावधि आवश्यकताअनुसार थप्न सकिने पनि प्रशासनले उल्लेख गरेको छ ।बिहानैदेखि निषेधाज्ञा लागू भएपछि जिल्लामा सार्वजनिक सवारी साधनदेखि बजार व्यवसाय र अत्यावश्यकबाहेकका सबै कार्यालयहरु बन्द भएका छन् । बिहीबारदेखि नै कैलालीमा पनि निषेधाज्ञा जारी गरिएको छ । कान्तिपुर बाट।  
तस्बिर: प्रशासन डट कम
Views: