d

पूर्वमहारानी कोमल शाह नर्भिक अस्पतालको आइसीयूमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए।
उनका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार भइरहेको छ । 'अक्जिनसको मात्रा कम भएकाले उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखिएको छ, 'उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।
उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनीहरु तीनैजनालाई अस्पतालमा भर्ना गरिएको थियो । रासस
Views: