d

बेपत्ता सांसद साहीले मुख्य मन्त्रि गुरुङ विरुद्द मतदान गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पोखरा : मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनुअघिकै छलफलमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रष्ट गरेका छन् ।
संसद‍्मा अनुपस्थित भएर अस्पताल भर्ना भएका उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको आरोप लागेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा उनी अनुपस्थित हुँदामात्रै मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव असफल हुने थियो । सोही उद्देश्यबाटै शाही अनुपस्थित भएको आरोप लागेकोमा अस्पतालबाटै बिहीबार विज्ञप्ति जारी गरी पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।
‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ,’ सांसद शाहीले भनेका छन्, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिनु हुन म सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु ।’
राष्ट्रिय जनमोर्चाका सांसद शाहीको अनुपस्थितिको कारण देखाउँदै सभामुख नेत्रनाथ अधिकारीले बुधबार एक्कासि सदन स्थगन गरेका थिए । अविश्वास प्रस्तावको पक्षमा १ जना सांसदले मात्रै पनि मतदान नगर्दा गुरुङ सरकार जोगिन्थ्यो । कार्यसूचीसमेत प्रकाशित गरी बुधबार पौने २ बजे संसदको बैठक सुरु भएको थियो । बैठक सुरु भएपछि ११ जना सांसदले प्रस्तावमाथि बोलिसकेका थिए । त्यतिन्जेलसम्म कोरोना संक्रमित ४ र एकजना अर्का सांसद अनुपस्थित थिए । अन्नपुर्ण पोस्टमा खबर छ ।  
 
Views: