d

कुशल भुर्तेल ६१ औं वरीयतामा उक्लिए

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार जारी गरेको ट्वान्टी–२० वरीयतामा नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल ६१ औं स्थानमा उक्लेका छन् ।

यसअघि उनी पहिलोपल्ट वरीयतामा प्रवेश गर्दा ९३ औं स्थानमा थिए । उनले हालै नेपालमा भएको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले सिरिजमा २ सय ७८ रन बनाएका थिए । उनले नेदरल्यान्ड्स र मलेसियासम्मिलित सिरिजमा लगातार तीन अर्धशतक बनाएका थिए । उनले कुल ५ खेलमा चार अर्धशतक बनाए । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल वरीयताको ९४ औं स्थानमा छन् भने उपकप्तान दीपेन्द्रसिंह ऐरी १ सय ८ औं स्थानमा छन् ।
नेपाली बलरमध्ये लेग स्पिनर सन्दीप लामिछाने ७७ औं स्थानमा छन् । त्रिकोणात्मक सिरिजमा नेपालका लागि सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा उनी पनि एक थिए । उनले सर्वाधिक १३ विकेट लिएका थिए । नेपालका पूर्व कप्तान पारस खड्का भने ८८ औं स्थानमा छन् । उनले त्यो सिरिज खेलेका थिएनन् । कान्तिपुरमा  खबर छ। 
Views: