d

पुर्व महारानी कोमलको स्वास्थ्यमा केहि जटिलता , प्रती मिनेट १० ली. अक्सिजन आवस्यक

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं – कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूमा भर्ना गरिएको छ।
अक्सिनजको मात्र कम देखिएपछि कोमल शाहलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालले जनाएको छ।
उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो।
अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या देखिएको छैनु, नर्भिक अस्पतालले भनेको छ।अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ।
पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ।
उनलाइ अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिएर आईसीयूमा राखिएकाे छ ।
Views: