d

गौरादह: जहाँ किसानले वर्षेनी फारम भर्छ्न् तर क्षतिपूर्ति पाउदैनन्

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पुष्प  आर जे
झापा: झापाको गौरादह नगरपालिका कृषि क्षेत्रमा खासै उदार भएको पाइदैन । राज्यले  कृषि क्षेत्रमा व्यापक लगानी गर्ने नीति कार्यक्रम प्रस्तुत गरेको भएतापनी स्थानीय तहले निर्वाह गर्नुपर्ने भुमिका भने यस नगरपालिकाले निभाए जस्तो नदेखिएको सरोकारवाला बताउँछन् । एकातिर  कृषकहरुलाई चाहिने आवश्यक बीउ मलको व्यवस्थापन समयमा हुँदैन भने अर्कोतिर समय समयमा देखा पर्ने अनौठा खाले रोग र प्राकृतिक विपत्तिमा पनि नगरपालिकाले उदासिनता देखाउदै आएको छ । 
गत  बर्ष नेक ब्लास्ट नामक रोगले गौरादह नगरपालिका भित्र धेरै कृषक मारमा परेका थिए भने यो वर्ष असिनापानीले किसानको मकै, गहुँ, धान, लगायतका अन्य नगदे बालीमा गम्भीर क्षति पुर्याएको छ । क्षतिपूर्तिको नाममा आश्वासन बाहेक केही नपाएको किसानहरु बताउँछन् । 
  
जुरोपानीका एक फार्म सञ्चालक गुनासो गर्छन् , 'पैसा तिरेर सेवा लिन्छु भन्न त नपाइने ठाउँमा  क्षतिपूर्तिको के आशा गर्नु?'
 कृषि क्षेत्रमा रहेको समस्या र प्राकृतिक प्रकोप बाट भएको क्षतिको लागि भनेर छुट्याइएको बिपत व्यवस्थापनको बजेट समेत अन्यत्र खर्च गर्ने गरेको पाइन्छ भने नगरपालिकाले किसानलाई आश्वासन बाहेक केही दिन सकेको देखिदैन । 
गतवर्ष १ नम्बर प्रदेश सरकार बाट पनि अनुगमन गरिएको  तथा  स्थानीय स्तर बाट पनि क्षतिपूर्ति दिने भन्दै  वडा कार्यालयहरुले  निबेदन मागेका भएपनी किसान बाट संकलन गरिएका निवेदन औचित्यहिन नै भए न  कसैलाई  क्षतिपूर्ति न त आवश्यक सरसल्लाह नै प्रदान गरियो । 
कृषि ज्ञान केन्द्रले पनि केवल क्षतिको तथ्यांक लिने काम बाहेक अहिलेसम्म केही गरेको देखिदैन।
अहिले पनि उही तरिका ।  २ गते राति अाएको हावाहुरी र असिना बाट भएको क्षतिका लागि निबेदन माग गरिएको छ। वडामा फारम भर्नेको लर्को छ। 
नगरपालिकामा रहेको बिपद ब्यवस्थापन कोष छ, अध्यक्षमा मेयर रहने गरि। त्यो कोषले के गर्छ पछि हेरौला? उनिहरुको नियममा पिडित किसान पर्छन् कि पर्दैनन्?
कृषि साखा गौरादह कि प्रमुख सनिता राई- " मलाई जिल्ला बाट माग भए अनुसार वडामाको समन्वयमा क्षति भएको ठाउँमा अनुगमन गर्न गएको छु। किसान अाक्रोशीत छन्। क्षतिपूर्ति पाईने बारे अहिले केही भन्न सक्दिन।"
यसरी अहिले हेर्दा केवल तथ्यांक लिन र जनालाई फोटोकपी को ५ रुपैया तिराउने मात्र काम देखिन्छ। क्षतिपूर्तिको कुरा गर्दा फेरि पनि अघिल्लो बर्ष जस्तै हाति अायो हात्ती अायो फुस्स नहोला भन्न सकिदैन।
Views: