d

सांसद निलम्बन काण्ड: जसपा फुटको बाटो तिर

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बुटवल : लुम्बिनी प्रदेशसभाका चार सांसद निलम्बनको सूचना प्रदेशसभाले प्रकाशित गरेपछि जनता समाजवादी पार्टी (जसपा) को विवाद छताछुल्ल भएको छ। एक पक्षले सांसदलाई कारबाही गरिएको र अर्काे पक्षले कारबाही नभएको पत्र प्रदेशसभामा पठाएका छन्।
एघार दिनअघि जसपाका चार सांसद एमाले नेतृत्वको सरकारमा मन्त्री भएपछि विवाद सतहमा आएको हो। मन्त्री भएका चार सांसद सन्तोष पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको एक खेमा (पूर्वसमाजवादी पार्टी) ले स्पष्टीकरण सोध्दै कारवाहीको चेतावनी दिएका थियो। पूर्वराजपा खेमाले भने सहमतिमै सरकारमा सहभागी भएको विज्ञप्ति जारी गरेको थियो।
प्रदेशसभाले बिहीबार सांसद निलम्बनको सूचना प्रकाशित गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभालाई पत्र लेख्दै कुनै पनि सदस्यलाई कारबाही नगरिएको जनाएका छन्। अन्नपुर्ण पोस्टमा बिस्तृत खबर छ। 
Views: