d

जसपाका चार सांसद पदमुक्त: लुम्बिनी प्रदेसमा एमालेको भाग्य चम्कियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बुटवल — जनता समाजवादीका चार सांसद प्रदेशसभा सदस्यबाट पदमुक्त भएसँगै लुम्बिनी प्रदेशको सत्ता राजनीति पुनः तरंगित भएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार सूचना टाँस गर्दै जसपाको केन्द्रीय कार्यकारिणी समिति र प्रदेश संसदीय दलले निष्कासन गरेको जानकारी गराएकाले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको जनाएको छ ।
जसपाको केन्द्रीय समिति र प्रदेश संसदीय दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर लगत्तै मन्त्री बनेका चार जनालाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाटै निलम्बन गरेको जानकारी प्रदेशसभालाई गराएका थिए । प्रदेश सरकारमा सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकासमन्त्री, यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कल्पना पाण्डेय शिक्षा तथा सामाजिक विकासमन्त्री र रायमाझी भौतिक पूर्वाधार विकासमन्त्री छन् । जसपाका ६ सांसदमध्ये ४ जनालाई मन्त्री बनाएर मुख्यमन्त्री पोखरेलले सरकारमा बहुमत जुटाएका थिए । चारै जना कारबाहीमा परेपछि अब उनी एमालेमा एकल बहुमतमा पुगेका छन् ।
घनश्याम गौतमले कान्तिपुरमा समाचार लेख्नु भएको छ ।  
 
 
 
 
Views: