d

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

Views:
Responsive Image Gallery
Responsive Image Gallery
चितवन — चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उक्त गैंडा अन्दाजी ३० वर्षजतिको थियो ।
 
गैंडाको खाग र खुर सुरक्षित रहेको छ । प्रारम्भिक परीक्षणले गैंडाको मृत्यु प्राकृतिक कारणले भएको देखिने उनले बताए ।
एसियामा नेपाल र भारतमा पाइने ठूलो एकसिंगे गैंडा लोप हुने खतरामा रहेको दुर्लभ वन्यजन्तु हो । अघिल्लो महिना घोषणा भएको गैंडा गणनाको नतिजाअनुसार नेपालमा यो गैंडाको संख्या ७ सय ५२ वटा छ जसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ६ सय ९४ वटा गैंडा छन् । चितवन निकुञ्जको पश्चिममा पर्ने सुखिभार क्षेत्रमा सबैभन्दा धेरै गैंडा पाइने अधिकारीले बताए ।कान्तिपुरमा खबर छ।

picture: jantapati.com

Views: