d

झापामा निषेधाज्ञा जारी, पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा । जिल्लामा कोरोना संक्रमण भयावह रुपमा फैलने  संकेत  देखा परेपछि आगामी बैशाख १९ गते मध्य रातिदेखि झापा जिल्ला भरि निषेधाज्ञा जारी गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बैशाख २६ गते मध्यरातीसम्म जिल्लाभर दिउँसोको समयमा कुनै पनि सभा, जुलुस, गोष्ठी तथा छलफल गर्न नपाइने भन्दै निषेधाज्ञा जारी गरेका छन् ।  
निषेधाज्ञामा उल्लेख भए अनुसार बैशाख २६ गते मध्यरात सम्म  अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाइने छैन ।
जारी  निषेधाज्ञामा सूचना विभागको कार्ड भएका पत्रकारले मात्र बाहिर निस्किन पाइने जनाइएको छ। 
सार्वजनिक वा निजि सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन हुने छ । उक्त अवधीमा जोर गतेको दिन जोर नम्बर र बिजोर गतेको दिन बिजोर नम्बर भएका सवारी साधनहरु मात्रै सञ्चालन गर्न पाइने विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै निषेधाज्ञाको अवधीमा कुनै पनि सभा, जुलुस, गोष्ठी तथा छलफल गर्न समेत रोक लगाईको छ भने हाटबजार, बिवाह, मेला, जात्रा जस्ता कुनै कार्य गर्न समेत पूर्ण रुपमा रोक लागाइएको छ ।

 

Views: