d

मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने अनुमान

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत हुने अनुमान गरेको छ । निषेधाज्ञा दुई साताभन्दा बढी लम्बिए यो अनुमान परिमार्जन हुने विभागका अधिकारीले जनाएका छन् ।
मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने अनुमान
चालु आर्थिक वर्षको ८ महिनाका वास्तविक तथ्यांक र बाँकी ४ महिनाको अनुमानित तथ्यांकका आधारमा करिब ४ प्रतिशतको आर्थिक वृद्धि हुने विभागको अनुमान छ । ‘चालु मूल्यमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड १० लाख रुपैयाँ पुगेको छ,’ विभागले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । ४२ खर्ब ६६ अर्ब रुपैयाँ नै मुलुकको अर्थतन्त्रको आकार हो । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब १४ अर्ब रुपैयाँ थियो । कान्तिपुरमा खबर छ l
Views: