d

भारतबाट फर्कने अस्ट्रेलियाका नागरिकलाई ५ वर्ष जेल हुनसक्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको अस्ट्रेलियाली सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने बताएको छ । भारतमा कोरोना भाइरस संक्रमित भई क्वारेन्टाइनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको संख्याका आधारमा पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो ।
भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ। भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको संख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले अस्ट्रेलियाको टेलिभिजनलाई भने।
'हाम्रा परिवारहरू भारतमा मरिरहेका छन्, त्यहाँबाट निस्कनुको विकल्प नै छैन, यो सरकारी कदम त उनीहरूलाई परित्याग गर्न बनाएको जस्तो छ,' जीपी तथा स्वास्थ्य टिप्पणीकार व्योम शार्मरले भने।
सोमवारबाट लागु हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिनअघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ। त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ ।
'सरकारले यी निर्णयहरू हल्का ढङ्गले लिएको होइन,' स्वास्थ्यमन्त्री ग्रेग हन्टले वक्तव्यमा भनेका छन्।
भारतमा कोरोनाभाइरस संक्रमणको उच्च दरलाई ध्यानमा राख्दै कैयौँ मुलुकले उडानमा प्रतिबन्ध लगाइसकेका छन् .  बिबिसी

Coronavirus: Australia To Consider Halting Flights From India As Covid  Cases Spike

तस्बिर : एन डि टिभि डट कम

Views: