d

अस्पतालमा अक्सिजन छैन, सुदूरपश्चिम प्रदेश सरकारलाई एम आर आइ मेशिन किन्न हतार

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै जाँदा भेन्टिलेटर र अक्सिजन अभावको समस्या संक्रमितहरुले झेल्दै आइरहेका छन्। तर, प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि एमआरआई खरिद प्रक्रिया अघि बढाएको छ।  
प्रदेश सरकारले यहि १४ गतेमात्र एमआरआइका लागि बोलपत्र आह्वान गरिसकेको छ। प्रदेश सरकारको ११ करोड ९९ लाख र झण्डै दुई करोड अन्य गरि १४ करोडमा उक्त उपकरण खरिदको तयारी थालिएको जनाइएको छ। अस्पतालले १३ करोड ३२ लाख रुपैयाँमा एमआरआई उपकरण जडानका लागि बोलपत्र आह्वान गरेको छ।
सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले भने ‘कोरोना महामारी शुरु हुँदैदेखि यसको महामारी नियन्त्रण र संक्रमितको उपचारका लागि प्रदेश सरकारले जोड दिनुपर्ने थियो तर, प्रदेश सरकारको ध्यान अन्यत्र छ।’ उनले अहिले एमआरआई भन्दा पनि प्रदेश सरकारले आइसीयू, भेन्टिलेटर, अक्सिजन व्यवस्था लगायतमा जोड दिनुपर्ने सुझाव दिए। 

प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजन उत्पादन गर्ने यूनिट छ। अन्य अस्पतालहरुमा यूनिट जडान गर्नतर्फ सरकारी पक्षले समयमै ध्यान दिन नसकेको भन्दै आलोचना हुन थालेको छ।  शेरबहादुर ऐर ले स्वास्थ्य खबर पत्रिकाको अनलाइन पृष्ठमा समाचार लेख्नु भएको छ।  
Views: