d

संक्रमितको उपचारमा सरकारले लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र आपत्तिजनक छ : विवेकशील साझा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना संक्रमितका उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारले  दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा यसरी लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको जनाएको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता  शरदराज पाठकद्वारा जारी विज्ञप्तिमार्फत् विवेशशील साझाले सरकारलाई कोरोना संक्रमण नियन्त्रणका लागि ६ बुँदे सुझाव समेत दिएको छ ।
‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाई नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।
Views: