d

जनस्वास्थ्यको जिम्मेवारी सरकार कै हो, दायित्व भुल्न मिल्दैन - चिकित्सक संघ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
जनताको स्वास्थ्यको जिम्मेवारी सरकारकै हो : चिकित्सक संघ
१८ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालिले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको थियो । चिकित्सक संघले शनिबार विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारकै भएको र महामारीमा स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ ।
संक्रमितहरुको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयं संक्रमित भइरहेको भन्दै चिकित्सक संघले उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिनसक्ने वातावरण तथा जनशक्तिको उचित व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयसँग मागसमेत गरेको छ ।
Views: