d

स्वास्थ्य मन्त्रालयको निर्देशन: प्रयोगशालाले २४ घण्टा पीसीआर परीक्षण गर्नुपर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीमा फर्किएर काम गर्न निर्देशन दिएको छ। आइतबार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो निर्देशन दिएका हुन्।
आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकका निर्णय सार्वजनिक गर्दै अधिकारीले भनेका छन्, ‘अध्यया बिदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थयकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हारि भै सेवा दिन खटाउने।’
मन्त्रालयले विदेश जानको पीसीआर सरकारी प्रयोगशालाबाट मात्र परीक्षण गर्नुपर्ने र न्युनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर र ए वर्गका प्रयोगशालाले व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ।
सँगै मन्त्रालयले पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालालाई १४ घण्टा सेवा दिन निर्देशन दिएको छ। ‘कोभिड १९ पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालाहरुले २४ घण्टा सातै दिन नमुना लिने व्यवस्था मिलाउने’, विज्ञप्तिमा थप भनिएको छ।

Views: