d

स्वास्थ्य सुरक्षामा ध्यान दिदै प्र. म. लाई सिसाको क्याबिन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमण बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुरक्षामा विशेष सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार बैठक कक्षमा सिसाले बनेको ‘क्याबिन’को प्रबन्ध गरिएको हो । बैठक कक्षमा प्रधानमन्त्री ओलीले गर्ने भेटका क्रममा प्रधानमन्त्री सिसाको क्याबिनभित्र बस्ने व्यवस्था मिलाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।  
मृर्गौला प्रत्यारोणपछि भेटघाटका क्रममा डाक्टरहरुकै सल्लाहमा संक्रमण हुन नदिन यस्तो पूर्वाधार बनाइएको थियो,’ थापाले भने, ‘यसअघि महामारी दर बढ्दा पनि प्रधानमन्त्रीज्यूको बैठक कक्षमा यो प्रयोग भएको थियो ।’
महामारी कम भएको बेला झिकिएको सिसाको क्याबिन पछिल्ला दिनमा फेरि राखिएको हो । संक्रमणको जोखिम कम होस् भनेर स्वास्थ्य सतर्कताका लागि यसो गरिएको उनले बताए ।
‘पहिले त मन्त्रिपरिषद् बैठक नै यही कक्षमा बस्थ्यो, सामाजिक दूरी पालना गर्नुपर्ने भएपनि ठूलो हलमा हुन थालेको छ,’ थापाले भने, ‘अहिले पनि १२–१३ जनासम्मको बैठक बस्न यो कक्षको प्रयोग हुन्छ ।’ अनलाइन खबर बाट  picture : symbolic 
Views: