d

रंगशालासहित सार्वजनिक स्थललाई सुविधायुक्त आइसोलेसन केन्द्र बनाउने प्र म को घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका सार्वजनिक स्थललाई सुविधा सम्पन्न आइसोलेसन बनाउने  घोषणा गरेका छन्।  प्रधानमन्त्री ओलीले सोमबार देशवासीको नाममा सम्बोधनका गर्दै यस्तो घोषणा गरेका हुन्।
उनले सम्बोधनमा भने,‘सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ।’
त्यस्तै उनले  ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गर्ने पनि बताए।  ‘महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ, यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ’,सम्बोधनमा ओलीले भने।
Views: