d

कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 दाङ : तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको कारमा मृत अवस्थामा फेला परेको तीनजना बालकको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृत फेला परेका बालकहरू तुलसीपुर–६ बरुवागाउँका भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बैशाख १६ गते कार्यालयमा दुईजना बालक हराएको भन्ने निवेदन परेको थियो। ‘१६ गते हामीकहाँ २ जना बालक हराएको भन्ने निवेदन आएको थियो,’ डिएसपी सिंहले भने, ‘अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ। तीनजना बालक एउटै कारभित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको विशेषज्ञ टोली तुलसीपुर आइपुगेको छ। पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र शनिबार साँझ तीनजना बालक मृत फेला परेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ। समाचार साभार थाहा / खबर तस्बिर थाहा खबर
Views: