d

'अप्ठ्यारो परिस्थितिको बिचमा नागरिकलाई नि:शुल्क खोपको व्यस्था गरिएको छ'- प्रधानमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
'अप्ठ्यारो परिस्थितिको बिचमा नागरिकलाई  नि:शुल्क खोपको व्यस्था गरिएको छ'- प्रधानमन्त्री
प्रधानमन्त्री  के पी ओली ले  अप्ठ्यारो परिस्थितिको बिचमा नागरिकलाई  नि:शुल्क खोपको व्यस्था गरेको बताउनु भएको छ।    कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेको बताउदै प्रधानमन्त्रीले  हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको बताउनु भयो।  'कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं। मे १ दिवसमा देशावासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको छ। दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छ' ,बताउनु भयो।
 
Views: