d

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। सोमबारको मन्त्रिपरिषद बैठकको सिफारिसमा भण्डारीले प्रदेश प्रमुख अमिक शेरचन र सर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। शेरचन र त्रिपाठी दुबै जना माओ‌वादी केन्द्रका पूर्वनेता हुन्। यस अगाडि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी डा. राजेश झा (अहिराज)लाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।
 
 

 

Views: