d

जथाभावी प्रदेश प्रमुख पदमुक्त गर्नु भन्दा संघियता खारेज गर्नु बेस - थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त गरिएको विषय गलत र संविधानको भावना विपरित भएको बताएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको विषयमा प्रतिक्रिया दिदै अध्यक्ष थापाले सामाजिक संजालमा लेखेका छन् , 'राजनीतिक स्वार्थ र दाउपेचकालागि प्रयोगगर्ने उदेश्य राखेर प्रदेशप्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित छ। यो कार्य स्वेच्छाचारी छ र सर्वसत्तावादको द्योतक पनि हो। यस्तो काम गर्नुभन्दा बरु संघियता खारेजगर्नु बेस हुन्छ।'
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

May be an image of text

Views: