d

'चीन र रुसको खोप ल्याउन पहल भइरहेको छ' - प्रधानमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
प्रधानमन्त्री ओलीले चीन र रुसको खोप ल्याउन पहल भइरहेको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,  ‘सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न सरकार प्रयत्नशील छ,’ उनले भने । प्रधानमन्त्री ओलीले छिमेकी मुलुक, अन्य मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थासँग खोप, अक्सिजन थेरापी, क्रिटिकल केयर मेडिसिन, फर्निचरलगायत सामग्री सहयोग गर्न अपिल पनि गरेका छन् । २१ लाखलाई पहिलो डोज र ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् ।'
Views: