d

एक हजार शैयाको अस्पताल बनाउने जिम्मा सेनालाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — सरकारले नेपाली सेनामार्फत काठमाडौं उपत्यकामा एक हजार शय्याको अस्थायी संरचनाको अस्पताल बनाउने घोषणा गरेको छ । कोरोना संक्रमितले अक्सिजनसहितको अस्पताल नपाउँदा ज्यान गुमाइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सोमबार गरेको सम्बोधनमा शय्या नपाउने समस्या टार्न नेपाली सेनालाई राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइसकेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सातै प्रदेशमा एक/एक हजारको दरले होल्डिङ सेन्टर र काठमाडौंमा १ हजार शय्याको अस्पताल बनाउन लागिएको बताए ।
 
Views: