d

गौरादहमा ३५ जनामा संक्रमण पुष्टी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा – गौरादह नगरपालिकामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ।  विभिन्न वडाका  १६ महिला र १९ पुरुष गरि ३५ जनामा कोभिड–१९ संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेहरुमा वडा नं -१ का ५ महिला र ३ पुरुष, २ नं. वडाका २ महिला र २ पुरुष, ३ नं. वडाका २ महिला र ४ पुरुष, ४ नं. वडाका २ महिला ४ पुरुष, ५ नं. वडाका ४ महिला र १ पुरुष, ६ नं. वडाका १ पुरुषमा, ७ नं. वडाका ३ पुरुषमा, ८ नं. वडाका १ पुरुषमा र ९ नं. वडाका १ महिलामा गरि ३५ जनामा संक्रमण भेटिएको बताइएको छ।  
 संक्रमित सबै स्थानियबासी हुन् । आजसम्म कोरोना संक्रमित भई २ जना पुरुष कोरोना संक्रमणबाट मुक्त भएका छन ।
२५ महिला र ३० पुरुष गरि ५५ जना सक्रिय संक्रमित हस्पिटल र होम आइसोलेसनमा रहेका छन् । कोभिड-१९ का कारण गौरादहमा आज कसैको मृत्यु नभएको नगर  स्वास्थ्य शाखाले जनाएको छ ।
Views: