d

स्वास्थ्यकर्मीलाई नेपालगन्ज उपमहानगरले भन्यो, 'उच्च मनोबलका साथ काम गर्नुहोस'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बाँके : नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड –१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको छ।
कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरूको अनुगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र अन्य कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसासमेत गरे।
बैठकमा उपप्रमुख उमा थापा मगरले स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारी र जनप्रतिनिधीले उच्च जोखिमबीच पनि कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी बहन गरेको भन्दै आगामी दिनमा झन उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरिन्।
'कार्य क्षेत्रमा कुनै समस्या वा कठिनाई भएमा तत्काल जनप्रतिनिधिहरूको सम्पर्कमा आउनुहोला', उपप्रमुख मगरले भनिन्,– तपाईंहरूको कामको उच्च मूल्यांकन भइरहेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि ह्वाइट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आइसोलेसन केन्द्र सञ्चालन गरेको छ।
सीमा नाकामा हेल्थ डेस्क सञ्चालन गरिरहेको छ। आइसोलेसन र हेल्थ डेस्कसँगै होम आइसोलेसनमा बसेका संक्रमितको परामर्शका लागि पनि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ।
Views: