d

पर्वतमा पत्रकारको लागि छुट्टै अक्सिजन सहितको आइसोलेसन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पर्वत : पर्वतमा पत्रकारहरूलाई कोरोना सङ्क्रमण भए उपचारका लागि पत्रकार महासंघ पर्वतको अगुवाइमा अक्सिजन सहितको आइसोलेसन वार्ड निर्माण गरिएको छ।
महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाका अनुसार जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेको तथा पर्वत अस्पतालमा उपलब्ध रहेका बेडमासमेत बिरामी भरिएमा पत्रकारले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो।
उक्त आइसोलेसन महासङ्घको भवनमा रहेको एउटा कोठामा सुरुमा पाँच बेड क्षमतामा निर्माण गरिएको छ। सकेसम्म घरमै बसेर समाचार सङ्कलन गरिरहे पनि कतिपय अवस्थामा मैदानमा जानै पर्ने अवस्थामा पत्रकार उच्च जोखिममा रहने भएका कारण पत्रकारको लागि आइसोलेसन निर्माण गरिएको थापाले बताए।थाहा खबर

image: Thahakhabar

Views: