d

एकै दिन राष्ट्रपतिबाट सात अध्यादेश जारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सात वटा अध्यादेश जारी भएका छन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीबाट एकै दिन सात अध्यादेश जारी भएको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा मंगलबार सात अध्यादेश जारी भएका हुन्।
यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सहित सात अध्यादेश जारी भएका हुन्।
Views: