d

 नियुक्ति लिने बित्तिकै  गण्डकी प्रदेश प्रमुखले पोखिन: सभामुख माथि आक्रोश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेलले प्रदेशसभामा भएको गतिरोधका विषयमा सभामुखसँग छलफल गर्ने बताएकी छन् ।
बुधबार प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि संचारकर्मी सँग कुराकानी गर्दै पौडेलले सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुको कारणबारे जानकारी लिने र अन्य कदम चाल्ने बताइन् ।
‘मैले खेल्ने भनेको सहजीकरणकै भूमिका हो, पहिले त सभामुखसँगै कुरा गर्नुपर्‍यो’ उनले भनिन्, ‘विना सरसल्लाह सभामुखले अनिश्चितकालका लागि सदन स्थगित गर्नुभएको भन्ने सुनेको छु, किन त्यस्तो गर्नुपर्‍यो भनेर बुझछु ।’
गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १५ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । वैशाख १५ गते बसेको बैठक अविश्वास प्रस्तावमाथि मतदान नगरी स्थगित गरिएको थियो ।
प्रदेश प्रमुख पौडेलले बाहिरबाट हेर्दा सभामुख नै समस्याको रुपमा देखिएको बताइन् । ‘कार्यसूची पहिले नै तोकिएको थियो, घोषणा गर्ने तयारी गर्दागर्दै रोकेर अनिश्चितकालका लागि बन्द गरेको भन्ने बुझेको छु’ उनले भनिन्, ‘बाहिर त समस्याको रुपमा सभामुख देखिनुभयो । पहिले सभामुखसँग कुरा गरेर राजनीतिक सहमति गरेर जाने कि के गर्ने भनेर सबैसँग छलफल गर्नुपर्‍यो ।’
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री बिरामी भएकाले उहाँ ठीक भएपछि सबै कुरा टुंगिने बताइन् ।
अनलाइनखबरबाट 
Views: