d

गौरादहकी शान्तादेबिको कोरोनाका कारण मृत्यु, संक्रमण रोक्न वडाका भुभाग शिल गरिदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युवराज रेग्मी 
बैशाख २४ , गौरादह /
 झापाको गौरादह नगरपालिका वडा न ४  खाङटाकी संक्रमित ५५ वर्षिय शान्ता देवी ताजपुरियाको कोरोनाका कारण   उपचारका क्रममा दमकको एडभान्स अस्पतालमा मृत्युु भएको छ  ।
कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला केही दिन अघि भोजमा सहभागी भएको पाइएपछि आज सुक्रबार वडामा बसेको बैठकले  गौरादह नगरपालिका वडा न ४ का केही भु-भागहरु सिलगर्ने निर्णय गरेको छ  ।
आज बिहान बसेको वडाको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम देखिएकोले वडाका केही भु-भागहरु सिलगर्ने निर्णय गरेको वडा अध्यक्ष मणिन्द्र कार्कीले जानकारी दिएका छ्न  । 
 गौरादह नगरकोको चैतु चोक देखि पश्चिम ,रङ्गपुर दक्षिण, वडा नम्बर ४ तथा ५ को सिमाना पुर्वको भु-भागहरु सिलगर्न   आदेसका लागि नगरपालिकामा सिफारिस गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिएका छ्न  ।
 साथै आज शुक्रबार गौरादह नगर स्वास्थ्य साखाका  स्वास्थ्यकर्मीको टोलिले मृतकको सम्पर्कमा आउने सम्पुर्ण  ब्यक्तीहरुको कोरोना परिक्षणका लागि   स्वाब संकलन गर्ने जनाइएको छ । 
 वडा न ४ मा पर्ने खाङटाकी संक्रमित ५५ वर्षिय शान्ता देवी ताजपुरियाको  उपचारका क्रममा दमकको एडभान्स अस्पतालमा मृत्युु भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लाई हिजो  बिहिबार अस्पताल लगिएको थियोे ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि  उपचारकै  क्रममा अस्पतालमै  ताजपुरियाको मृत्युु भएको थियोे ।
Views: