d

गौरिगन्ज प्रहरीको एक्सन: अटेर गर्नेलाई १० मिनेट गोलो घेरामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे

झापा: गौरिगन्ज गाउँपालिकामा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको  सूचना र निर्देशनलाई बेवास्ता गर्दै यताउता भौतारिने स्थानीयहरु माथी प्रहरीले निगरानी बढाएको छ । 
कोरोनाको नयाँ भेरिएन्टको प्रभाव बढे संगै लागू गरेको निषेधाज्ञाको बेवास्ता गर्दै काम बिहिन भएर चोक बजारमा अनावश्यक घुमफिर गर्नेलाई सचेत गराउदै १० मिनेट सम्म गोलो घेरामा राखेर घर पठाइएको थियो । 
इलाका प्रहरी कार्यालय गौरिगन्जले बिहान १० बजे पछि पसल तथा हाट बजार बन्द गराएको छ ।  नियम उल्लंघन गर्दै अटेर गरि खोलिएका पसलहरुलाई गौरिगञ्ज प्रहरी निरिक्षक रकेश रेग्मीको टोलीले बन्द गराएको हो । 
बारम्बार सम्झाउदा पनि नमान्नेलाई कार्वाहीको दायरा बढाउदै जाने प्र. नी.  रेग्मीको भनाइ छ । 
Views: