d

गौरादहमा गर्जियो वाइ सि एल: भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता विरुद्ध गर्यो खबरदारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: पर्दाफास, २६ वैशाख ।  भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको  विरुद्ध चर्को  खबरदारी गर्दै  YCL गौरादहले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।  नगर भित्र देखिएका तत्कालीन र दीर्घकालीन समस्या बारे ध्यानाकर्षण गराउदै योङ कम्युनिष्ट लीग(YCL)नेपाल गौरादहले ९ बुदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

May be an image of 1 person, standing, sitting and indoor

 
नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नगर समिति गौरादहले कोभिड–१९ अस्थायी अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, कभर्डहलमा कुहिएको चामल बारे सत्य तथ्य सार्वजनिक गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने,  नगर अस्पताल तत्काल सञ्चालनमा ल्याइनु पर्ने, कोभिड अस्पताल सञ्चालन गरिनुपर्ने, गत मंसिरमा बिज्ञापन गरेको चिकित्सक नियुक्ति प्रक्रिया अलपत्र पारेको, कोरिनाको कारण काम बिहिन भएका बिपन्नलाई भोकभोकै राखिएको, लगाएतका माग सहितको ज्ञापनपत्र नगरप्रमुख रोहितकुमार शाहलाई बुझाइएको जनाइएको छ ।

May be an image of text

मागपत्रमा संक्रमण भएर घरमै आइसोलेसनमा बसेका बिपन्न संक्रमितलाई नगरपालिकाले तत्काल पोषणको ब्यवस्था गर्नुपर्ने, अस्पतालमा भएका बिपन्न संक्रमितको सम्पूर्ण औषधी उपचार खर्च नगरपालिकाले ब्यहोर्नुपर्ने,  लगाएतका विषयहरु समेटिएको छ । 
May be an image of 1 person, standing, sitting and indoor
कोरोना महामारी संग लड्न र नगरिकको जीवन रक्षामा वाइसिएल आम जनसमुदाय संग तथा स्थानीय सरकार संग अग्रमोर्चामा रहेर कामगर्न तयार रहेको र काम गरिरहेको कुरा उल्लेख गर्दै ज्ञापनपत्रमा समाबेश भएका जनपक्षीय मागहरु अबिलम्ब पूरा नभए जनतालाई साथमा लिएर वाइसिएलले कडा भन्दा कदम चाल्ने नगर अध्यक्ष चौहानले बताए ।
May be an image of one or more people, people standing, people sitting and indoor

नगरभित्र लागुऔषध लगाएतका समस्या समाधानमा समेत नगरपालिकाको कार्ययोजना बारेमा नगरप्रमुख संग छलफल गरिएको अध्यक्षले बताए । अध्यक्ष धर्म चौहान तथा सचिव मदन श्रेष्ठ द्वारा हस्ताक्षरित बिज्ञप्ति ग्रहण गर्दै नगरप्रमुख शाहले वाइसिएलले राखेका मागहरु पूरा गर्ने अधिकतम प्रयत्न गरिने बताएका छन् ।
May be an image of 1 person, standing, sitting and indoor


वाइसिएलका ९ बुँदे मागहरु जस्ताको त्यस्तै

१, तत्काल कोभिड–१९ अस्थायी अस्पताल संचालनमा ल्याइयोस् । संघीय सरकारले ९ महिना अगाडि नै सो अस्पताल संचालनका लागि परिपत्र सहित २० लाख बजेट बिनियोजन गरेकोमा के कारणले अस्पताल संचालन नगरिएको स्पष्ट समेत पारियोस् ।

२, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका बिपन्न मजदुर, किसान, सुकुम्वासी, असहाय संक्रमितहरुलाई नगरपालिका मार्फत तत्काल घरघरमा खाद्यान्न पोषण पुर्याउने ब्यवस्था गरियोस् ।

३, कोरोना परीक्षण गर्दा दुईहजार तिरेर प्राइभेट अस्पताल जानु पर्ने अहिलेको लज्जास्पद अवस्था अन्त्य गरी लक्षण देखिएका नागरिकहरुका लागि निशुल्क कोरोना परीक्षण घुम्ती सिबिर टोलटोलमा संचालन गरी संक्रमणको चेन ब्रेक गरियोस् ।

४, एन्टीजिन किट, भिटिएम, अक्सिजन, सेनिटाइजर, मास्क लगाएतका स्वास्थ्य सामाग्रीको पर्याप्त मात्रामा अबिलम्ब खरिद तथा ब्यवस्थापन गरियोस् ।

५, बिपन्न मजदुर, किसान, सुकुम्वासी, असहाय अस्पतालमा भर्ना भएका संक्रमितहरुको सम्पूर्ण उपचार खर्च स्थानीय सरकारले बेहोरीयोस् ।
६, लकडाउनमा पनि मजदुरीमा जान बाध्य गरिब, बिपन्न, अतिबिपन्न नागरिकालाई तत्काल खाद्यान्न राहात बितरण गरियोस् अनि मात्र लकडाउन कार्यन्वयन प्रभावकारी हुने छ ।

७, महामारी सामना गर्न नागरिक समाज, संघसंस्था, नीजि क्षेत्र, उद्योगी ब्यवसायी, राजनीतिक दल लगाएत सबै संग हातेमालो गरेर बलियो संयन्त्र सहित पारदर्शी योजना कार्यक्रम ल्याइयोस् ।

८, नाममात्रको होइन अक्सिजन सहितको र स्वस्थ्य प्रोटोकल संग नबाज्ने गरी जनशक्ति सहितको आइसोलेसन र क्वारेन्टाइन तत्काल सुदृढ बनाइयोस् ।

९, कोरोना शीर्षकको आम्दानी खर्च तथा गतिबिधिहरु पारदर्शी गरिनु पर्छ जसकालागि सर्बपक्षीय अनुगमन समिति अबिलम्ब बनाइयोस् ।

May be an image of 1 person, standing, sitting and indoor

 

Views: