d

गण्डकीका  नयाँ सरकार गठनको लागि आह्वान

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन् । केही बेरअघिमात्र उनले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्रीविरुद्ध सोमबार अविश्वास प्रस्तावमा मतदानको प्रक्रिया सुरु हुँदै थियो । त्यसको अघिल्लो दिन मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख पौडेलले राजीनामा दिएकाले हालसम्म उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले गरेका कामका लागि धन्यवाद दिएकी छन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजीम ३ दिनभित्र सरकार गठनको आव्हान गरेकी छन् ।
कान्तिपुरमा खबर छ। 
Views: